दफा १३१
माफी भएको कटौतीबाट युद्वबन्दीको आश्रितहरूको व्यवस्था
(१) युद्वबन्दी भएका यस ऐनको क्षेत्राधिकारभित्र पर्ने व्यक्तिको तलब भत्ता दफा १२३ को उपदफा (१) को खण्ड (ज) र उपदफा (२) को खण्ड (क) बमोजिम जफत भएको तर दफा १३० बमोजिम माफी भएको रहेछ भने तोकिएको अधिकारीहरूले त्यस्ता व्यक्तिका आश्रितहरूलाई सो तलब भत्तामध्येबाट रासन र अरू आवश्यक कुराको व्यवस्था मिलाई दिनु पर्नेछ । त्यस्तो व्यवस्था मिलाइएकोमा वाँकी रहने रकम मात्र माफी भएको मानिनेछ ।
(२) यस ऐनको क्षेत्राधिकारभित्र पर्ने कुनै व्यक्ति युद्वबन्दी भएको रहेछ वा जङ्गी कारबाहीमा हराएको रहेछ भने तोकिएबमोजिम निजको तलब भत्तावाट निजका आश्रितहरूको निमित्त उपयुक्त राशन र अन्य कुराको व्यवस्था मिलाइनेछ ।